सुनचाँदीको भाउमा गिरावट जारी, कतिले सस्तियाे ?

Jan 30, 2022 11:59 AM Merolagani



साताको पहिलो दिन सुनको भाउ सामान्य गिरावट भएको छ । माघ १६ गते, सुन तोलामा ४०० रुपैयाँले घटेको छ । सुनको भाउ निरन्तर तेस्रो काराेबार दिन ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुन प्रतिताेला ९१ हजार ७०० रूपैयाँमा झरेकाे छ ।

शुक्रबार पनि सुन ताेलामा ९०० रूपैयाँले गिरावट भएर प्रतिताेला ९२ हजार ६०० रूपैयाँमा किनबेच भएकाे थियाे । गत साताकाे बिहीबारदेखि सुनकाे भाउ प्रतिताेला २,२०० रूपैयाँले घटेकाे छ । 

चाँदीकाे मूल्य पनि लगातार घटिरहेकाे छ । आइतबार चाँदी ताेलामा १५ रूपैयाँले ओरालो लागेकाे हाे । महासंघकाे तथ्यांक अनुसार यस दिन चाँदी प्रतिताेला एक् हजार २५० रूपैयाँमा काराेबार हुँदैछ । अघिल्लाे साताकाे अन्तिम काराेबार दिन पनि चाँदी २५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २६५ रूपैयाँमा झरेकाे छ । 




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।