जनरल इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढ्यो, प्रतिशेयर आम्दानी कति?

Feb 07, 2022 12:07 PM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५६.२० प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्कसँगै अन्य आम्दानी पनि बढेपछि नाफा बढ्न पनि टेवा पुगेको हो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख रुपैयाँ पुगेको छ। यस्तै पुनर्बीमा कमिशन वापत ७ करोड ९१ लख रुपैयाँ र लगानी कर्जा तथा अन्य अन्य आम्दानी बापत १ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा १४ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा एक करोड २१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ५९.१५ गुणा रहेको छ।

यस अवधिमा कम्पनीले ३८ हजार ९८ वटा बीमालेख जारी गरी ४६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी, कम्पनीले ८९१ वटा दाबी बापत ११ करोड ४९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ७९३ वटा दाबी बापतको ५६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।