लाइभ फ्लोरसिट हटाउन परिक्षण गर्दै नेप्से

Apr 20, 2022 12:28 PM MeroLagani



नेप्सेको वेवसाइटमा देखिने फ्लोरसिट हेर्ने सुविधा आजबाट बन्द भएको छ । गत बिहीबार नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई लाइभ फ्लोरसिट बन्द गराउन निर्देशन दिएको थियाे।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले घोषित रुपमा बन्द नगरे पनि अहिले  फ्लाेरसिट बन्द गरेर प्राविधिक परिक्षण भइरहेकाे बताए ।

कारोवार समयमा नै फ्लोरसिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सुझाव तथा गुनासो आएको जनाउँदै बोर्डले फ्लोरसिट हटाउन निर्देशन दिएको थियो ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।