इमर्जिङ्ग नेपालको खुद नाफा घट्यो

Apr 26, 2022 08:35 AM Merolagani



इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो।

आम्दानी बढेपनि अन्य प्रशासनिक खर्चहरु बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६.५० प्रतिशत घटेको छ भने अन्य श्रोतबाट हुने आम्दानी ११९.६३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको अन्य प्रशासनिक खर्च ७ लाख १० हजार रुपैयाँबाट बढेर ८७ लाख ८७ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११.११ प्रतिशत बढेको छ भने जगेडा कोष ४८.६३ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको यस्तो आम्दानी समीक्षा अवधिमा ३९ पैसा घटेर १ रुपैयाँ ९० पैसामा झरेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१३.६८ गुणा रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।