हिमालयन डिष्टिलरीको अधिकांश सूचकमा सुधार

May 08, 2022 08:31 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ३०.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २०.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.७५ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ १६ पैसा घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घटेको हो।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।