नाफासँगै बढ्यो यूनिलिभर नेपालको ईपीएस

May 12, 2023 08:56 AM Merolagani

यूनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिक्रीमार्फत १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६९.०६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७६ प्रतिशत बढेको छ भने कुल आम्दानी २०.२६ प्रतिशत बढेको छ। कम्पनीको खर्च समीक्षा अवधिमा ९.२३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २२० रुपैयाँ ३४ पैसा बढेर ५३९ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.५१ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ अर्ब ७० करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।