सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २५ लाख ३८ हजार ९०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ७ करोड रुपैयाँ र सर्वसाधारणलाई २७ करोड ३० लाख रुपैयाँ गरी ३४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।
आईपीओमा कसरी दिने आवेदन?
कम्पनीले निष्काशन गरेको शेयरमा जेठ ४ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे जेठ ११ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने प्रत्याभुतकर्तामा मुक्तिनाथ क्यापिटल रहेको छ ।
औषत जोखिम जनाउने रेटिङ्ग
कम्पनीले निष्काशन गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी डवल बी मइनस इस्युर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई फेबु्रअरी २२, २०२२ मा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ ।
कस्तो कम्पनी हो?
रिभर फल्स पावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६१ असोज १९ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता एको थियो ।
२०७२ असोज १९ गते देखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई रिभर फल्स पावर कम्पनी लिमिटेडको रुपमा कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो ।
कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादीमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा नं. ४ र ६ मा रहेको छ ।
कम्पनीले रन अफ रिभरमा आधारित १०.३० मेगाबाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजना निमार्ण गर्दैछ ।
आयोजनाको कुल लागत १ अर्ब ८६ करोड ३ लाख २४ हजार रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ लाग्ने कम्पनीको पक्षेपण छ ।
हाल कम्पनीले निमार्ण गर्दै गरेको आयोजनाको ८८ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
आईपीओ जारी गर्नुको उदेश्य
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी ७० करोड रुपैयाँ पुर्याउन आईपीओ निष्काशन गर्नुपरेको जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गरेर संकलन भएको ३४ करोड ३० लाख रुपैयाँ निर्माणधिन जलविद्युत आयोजनाको बाँकि निर्माण कार्यको लागि उपयोग हुनेछ ।
कम्पनीले सिटिजन्स बैंकबाट लिएको डिमान्ड लोन र त्यसमा लागेको व्याज भुक्तानी गर्न प्रयोज गरिने जनाएको छ ।
तीन वर्षमा सञ्चित नाफा २ करोड माथि पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २ करोड १५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७८ को पुस मसान्तसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ७७ लाख लाख ९१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा पनि कम्पनी ५ करोड २० लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोर्ने कम्पनीको प्रक्षेपण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने पनि कम्पनी ४ करोड २९ लाख २३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ३२ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा पुग्ने प्रक्षेपण छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ३६ पैसा नोक्सानीमा रहेको थियो ।
आयोजनाको कुल लागत १ अर्ब ८६ करोड ३ लाख २४ हजार रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ लाग्ने कम्पनीको पक्षेपण छ ।
साधारण तर्फ लगानी फिर्ता हुने अवधि ६.३२ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १०.२९ वर्ष रहेको छ ।
पूँजी संरचना
हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने जारी ७० करोड रुपैयाँ रहेको छ ।
आईपीओ निष्काशनपछि कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
सञ्चालक समिति
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र व्यवसायिक विशेषज्ञबाट १ जना सञ्चालक समिति रहने व्यवस्था छ ।
हाल कम्पनीको सञ्चालक समितिमा ३ जना सञ्चालकहरु मात्रै रहेका छन् ।
सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना र व्यवसायिक विशेषज्ञबाट १ जना सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।
कम्पनी सञ्चालक समितिको अध्यक्ष सुभाष अमात्य रहेको छन् । अध्यक्ष अमात्य सनराईज होल्डिङ्गका अध्यक्ष, प्रभु लाइफ इन्स्योरेन्सको संञ्चालक र प्रभु हेलिकप्टरको प्रबन्ध सञ्चालक समेत हुन् ।
यस्तै दिनेश प्रसाद श्रेष्ठ र दिनेश गुरुङ्ग सञ्चालक समितिका रहेका छन् ।
भावी योजना तथा रणनीति
कम्पनीको मुख्य उदेश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ । त्यसको लागि नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरुको समेत निर्माण गर्ने योजना बनाएको छ ।
कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेकोज लश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी विद्युत आपुर्तिमा योगदान पुर्याउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।