सानिमा लाइफको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो, अन्य सुचक कस्तो?

May 12, 2022 11:38 AM Merolagani



सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २०.३० प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १८ करोड ९ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी २६ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ४२.८३ प्रतिशतले बढेर १३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ३६ लाख रुपैयँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ८१ लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब १३ करोड १० लाख रुपैयाँ र महावित्ती कोषमा ३ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ६०.३० गुणा रहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।