निरन्तर तेस्रो दिन ओरालो लाग्दै करिब १७ महिना यताकै न्यून विन्दुमा झर्यो नेप्से

May 23, 2022 03:25 PM Merolagani



नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेर बन्द भएको छ। यससँगै नेप्से करिब १७ महिना यताकै न्यून विन्दुमा झरेको छ।

गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ। यस अघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक घटेको छ। यस दिन २२४ स्टकको २८ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको ३९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २० स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.२६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १९७ स्टकको मूल्य घटेको छ। जसमध्ये मिथिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशत घटेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।