नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको कम्पनी विश्लेषण

Jun 18, 2022 07:03 PM Merolagani



यस साता वाणिज्य बैंक उपसमूहको परिसूचक २.८२ प्रतिशत घटेको छ। गत साता १४०८.९१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३९.७८ अंक घटेर १३६९.१३ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक बैंक हो नेपाल क्रेडिट एण्ड कमर्श बैंक अर्थात एनसीसी बैंक (NCCB)।

यस साता एनसीसी बैंकको शेयरमूल्य ११ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन २१० रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता २२१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा २४० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयर ओरालो लागेमा २०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन बैंकको बुलिश क्रशओभर बनेको छ। नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेको छ। आगामी साता ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि गएमा त्यसले बैंकको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

बैंकको शेयरमूल्यसंगै भोल्यूम पनि बढेको छ।। यस साता बैंकको दैनिक औषतमा १ लाख ९४ हजार २२० कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बैंकको २० दिने औषत भोल्यूम ८४ हजार ५७ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम १.०६ प्रतिशत बढी हो।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा बैंकले २ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ९१ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ रहेको थियो भने सञ्चालन मुनाफा १ अर्ब ५५ करोड १९ लाख रुपैयाँ रहेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १७ रुपैयाँ ८० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १ पैसा रहेको छ। साताको अन्तिम कारोबारको आधारमा बैंकको मूल्य आम्दानी अनुपात १२.४६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु १.५५ गुणा रहेको छ।

साताको अन्तिम कारोबार दिन बैंकको १४ दिने आरएसआई ५३.५८ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको छ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ।

हाल नेप्सेमा बैंकको ११ करोड १३ लाख ९६ हजार ७८०.१० कित्ता शेयर सूचीकृत छ। शुक्रबार बैंकको शेयर प्रतिकित्ता २२१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको बजार पूँजीकरण २४ अर्ब ७१ करोड ८९ लाख ४५ हजार ५०४ रुपैयाँ १९ पैसा रहेको छ।

बैंकको पछिल्लो १८० दिनको औषत मूल्य २४८ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४०७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २०२ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले एक्सट्रीम फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयर खरिद गर्न डराइरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।