मोबाइल आयात प्रतिबन्धको असर: ह्वातै घट्यो मोबाइल आयात, जेठमा सवा १ अर्बको मात्रै भित्रियो

Jun 22, 2022 12:58 PM Merolagani



सरकारले ७५ हजार मूल्य माथिका महँगा फोन आयातमा प्रतिबन्ध लगाएपछि मोबाइल आयात ह्वातै घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङक अनुसार मोबाइल आयातमा एलसी बन्दको असर देखिएको हो ।

भन्सार विभागका अनुसार जेठ महिनामा १ अर्ब १२ करोड रुपैयाँ बराबरका मात्रै मोबाइल सेट नेपाल भित्रिएका छन् । गत बैशाखमा झन्डै दुई अर्ब बराबरका स्मार्टफोन नेपाल आयात भएका थिए।

सरकारले मोबाइल आयातमा प्रतिबन्ध लगाएपछि ५० प्रतिशत भन्दा बढी अवैध मोबाइल आयात हुन थालेको व्यवसायी बताउन थालेका छन् । अझ बजेट मार्फत मोबाइलमा लाग्दै आएको कर समेत बढाएपछि नेपालमा मोबाइल आयात सुस्त भएको तथ्याङ्कले देखाएको छ ।

जेठ महिनमा सवा १ अर्ब रुपैयाँका २२ हजार सेट मात्रै स्मार्ट फोन आयात भएको तथ्याङकले देखाएको छ । त्यसैगरी, मोबाइल आयात प्रतिबन्धले जेठ महिनामा १३ करोड हाराहारीमा राजस्व समेत घटेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ११ महिनमा विभिन्न देशबाट ३८ अर्ब बराबरको ५५ हजार मोबाइल सेट नेपाल भित्रिएको छन् । बैशाख महिनासम्म भने ३६ अर्ब बराबरका मोबाइल आयात भएका थिए ।

गत आर्थिक बर्ष २०७७/०७८ मा भने ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको ७० हजार मोबाइल सेट भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा चीन, भारत, भियतनालगायत दुई दर्जन देशहरुबाट मोबाइल आयात हुने गरेका छन् ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।