दुई दिनको गिरावटपछि बजारमा पुनः सुधार

Jun 29, 2022 03:27 PM Merolagani



साताको पहिलो कारोबार दिनको उच्च अंकको वृद्धिपछि दुई कारोबार दिन घटेकाे नेप्सेमा बुधबार पुनः सुधार भएको छ। बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२८ स्टकको २९ हजार ४३४ पटकको कारोबारमा १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर यस दिन १० प्रतिशत बढेको हो। हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको बरुण हाइड्रोपावरको शेयरमूल्य यस दिन ९.४५ प्रतिशत बढेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्स, नेपाल पुनर्बीमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १२ स्टकको मात्र मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।