लघुवित्तले आईपीओ निष्काशन गर्न असार ८ गते बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता शेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।