सातामा सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Jul 23, 2022 08:59 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत साता २००९.४६ विन्दुमा बन्द भएको नेप्से, यस साता ८ अंक बढेर २०१७.४६ विन्दुमा पुगेको छ।

साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। यस साता सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ६६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको छ। यस साता कुल कारोबार शेयर संख्या १४.८८ प्रतिशत घटेको छ भने कुल कारोबार संख्या १ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकराण ११ अर्ब रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता बढेर २८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको सर्वाधिक २.१४ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३३.३४ अंक बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७६.१४ अंक घटेको छ।

यस साता ४ स्टकको कुल १ करोड ८० लाख ४६ हजार ४२२.८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता स्वाबलम्बन लघुवित्त, नयाँ सारथी लघुवित्त, एचआईडिसिएल र आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक १४.७७ प्रतिशत बढेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। यता सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक १३.०१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता उन्नती सहकार्य लघुवित्त, आरएमडिसी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइको सूचीमा परेका छन्। यस्तै, शिवम् सिमेन्ट्स, सामुदायिक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेलको सूचीमा परेका छन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।