तीन लाख लगानीबाट सुरु भएको जुत्ता ब्रान्ड ‘दोचा’, युवामाझ लोकप्रिय बन्दै, आक्रामक बजार विस्तारको रणनीति

Jul 28, 2022 06:01 PM Merolagani

युबराज बस्नेत

२०७२ साल तिरको कुरा हो, वत्सल राजभण्डारी एक एनजीओमा आवद्ध थिए । वत्सललाई केहि महिना तालिमपछि जागिरको अवसर पनि सोहि संस्थाले प्रदान गर्यो । वत्सल उज्यालो नेपाल फाउण्डेसन नामक संस्थामा इभेन्टस्, रेभिन्यु र अप्रेसन हेर्थे ।

फाउण्डेसनमा जागिर गर्न लागेको केहि समयमै नेपालमा भुकम्प आयो । अर्थात २०७२ साल बैशाख १२ गते । भुकम्पले हजारौं मान्छेको मृत्यु भयो भने लाखौं घरबार बिहिन भए ।

भुकम्पपछि सोहि कम्पनीले राहात तथा उद्धारको कार्यक्रम सञ्चालन गर्यो । वत्सल सोहि संस्था मार्फत उद्धार र राहत कार्यक्रममा देशभरका विभिन्न ठाउँ गए । राहात कार्यक्रमकै दौरानमा वत्सल काम गर्ने अफिसकै तल्लो तलामा एउटा आईटी कम्पनी थियो जुन डिकेश प्रजापतिले लिड गरिरहेका थिए ।

भुकम्प गएपछि एकदिन आईटी कम्पनीको टिम नै फाउन्डेसनलाई सहयोग गर्न वत्सलको अफिसमा आएका थिए ।

उज्यालो फाउण्डेसनको त्यो भेट....

सुरु सुरुमा एउटै विल्डिङ् भएको कारण डिकेससँग हाईहेल्लो मात्रै हुन्थ्यो । बिस्तारै उनीहरु बीच निकटता बढ्दै गयो । संयोगवस वत्सल र डिकेशको जन्म मितिसमेत एउटै रहेछ ।

उज्यालो फाउण्डेसन मै रहदा वत्सलको संस्थाकै निर्देशक समेत रहेकी अमुदा मिश्रसँग राम्रो सम्बन्ध थियो । वत्सल र अमुदा फाउन्डेसनमा र आईटी कम्पनी चलाईरहेका डिकेस बीच निकटता बढ्यो ।

वत्सल सानैदेखि जुत्ताका सोखिन थिए । दोचाका संस्थापक वत्सल राजभण्डारीले हास्दै भने ‘म सानैदेखि मोटो मान्छे, बजारमा आएका समान ठिक नै नहुने हुन्थ्यो । म बजारमा नयाँ के के ब्रान्ड आयो, नयाँ के छ भनेर पहिलेदेखि नै रुचि राख्थे ।’  वत्सल जुत्तासँग लगाव राख्ने भएका कारण पनि उनको रुची त्यतै तिर थियो ।

एनजीओमा उनीहरुलाई सेवा सुविधा तथा तलब राम्रो नै थियो । तर पनि वत्सल सो काम प्रति सन्तुष्ट भएनन् । उज्यालोमा काम गर्दै गर्दा उनले यहाँ काम गरेर मात्रै केहि हुँदैन जस्तै लाग्याे । जागिरले मात्रै केहि नहुने भन्दै केहि नयाँ गर्ने हुटहुटी सहित अवसर खोज्नतिर लागे ।

डिकेस र अमुदालाई आफ्नो प्लान सुनाएपछि साथीहरु सकारात्मक नै प्रतिक्रिया दिए । दुई साथीले सकारात्मक रुपमा लिएपछि फुर्यो ‘दोचा’ अर्थात नेपाली जुत्ता ब्रान्डको कन्सेप्ट ।

युवामा नेपाली संस्कृतिको महत्व हराइरहेको अवस्थामा नयाँ पुस्तालाई पनि समेटनुपर्छ भन्ने सोच राख्थे । वत्सलसँग त्यसको उत्तर मात्र जुत्ता थियो ।

वत्सल भन्दा डिकेस अझ आफ्नो कला संस्कृतिसँग नजिक रहेका व्यक्ति थिए । तीन साथीको सल्लाहमा जुत्तालाई नेपालको संस्कृति र मौलिकतासँग जोडेर नेपाली युवा पुस्तालाई समेत समेटेर अघि बढ्ने निर्णय गरे ।

‘ग्राफिटिबाट दोचा’

खासगरी वत्सलको टिमलाई पनि मौलिकता झल्किने किसिमको नाम चाहिएको थियो । केहि समय नाम खोज्न समेत भोतारिए । पछि, नाम खोज्दै जादाँ नेपालमा चल्तीको नाम भेटियो ।

दोचा एक प्रकारको जुत्ताले नै चिनिन्छ, जुन उच्च हिमाली भेगमा शेर्पा समुदायमा चर्चित छ । तिब्बत र नेपालका हिमाली भेगबासीले लगाउने जुत्ताका रुपमा पनि परिचित छ । दोचा भन्दा अगाडि वत्सले ग्राफिटी नाम पनि सोचेका थिए ।

‘हामीले झल्काउन खोजेको कला संस्कृतिलाई हो तर, ग्राफिटी अग्रेजी शब्द जस्तो सुनिने भएपछि ढाेचालाई नै फाइनल गरेको थियौं’ वत्सलले भने ।

जुत्ता बनाउने भनेर लागे पनि अनुभव र उत्पादन बारे वत्सलको टिमलाई कुनै पनि ज्ञान थिएन । झन्डै दुई बर्ष उनीहरुले नेपालमा जुत्ताको बजार, उत्पादन, विश्वको अवस्था लगायतको बिषयमा अध्ययन, परामर्श गरे ।

अध्ययन गरेर नेपालमा जुत्ताको बजार र माग अत्याधिक भएको पाएपछि २०१७ मा औपचारिक रुपमा नेपाली जुत्ता ब्रान्ड ‘दोचा’ सार्वजनिक भयो ।

 

वत्सल भन्छन ‘काठमाडौंमा जति तानहरु चल्थे तर, ५ बर्ष अघि १०० ओटा थिए भने अहिले २० ओटा पनि छैनन्’, पाल्पाली ढाकाको तान पनि लोप नै हुन लागेको अवस्था छ।’ 

यस्ता परम्परागत मौलिकतालाई बचाउन पनि दोचाको सुरु गरेको उनको भनाई छ । नेपाली युवाहरुलाई आफ्नो मौलिकताको बिषयमा जानकारी र नेपालको मौलिकतालाई समेत संरक्षण दिने गरी दोचा जन्माए ।

वत्सलको टिमले दोचालाई अघि बढाउदै गर्दा भर्खर भर्खर नेपालमा जुत्ताको बजार फस्टाउन थालेको थियो । नेपाली जुत्ता पनि बजारमा देखिन थालेका थिए ।

तीन साथीले तीनलाख लगानीबाट सुरु भएको ‘दोचा’

मौलिकतालाई समेत झल्काउने गरी तीन साथीको जोशले सुरु भएको ‘दोचा’ जुत्ता ब्रान्ड अहिले स्थापित ब्रान्ड बन्ने पुगेको छ। तीन जना साथी एक/एक लाख लगानीबाट सुरु गरेको दोचा अहिले देशभर फैलिएको छ ।

सुरुवाती चरणमा अरुलाई नै आफ्नो डिजाइनको जुत्ता बनाउन दिएको सम्झिन्छन् वत्सल । २०१७ को जुलाइमा १०० ओटा जुत्ता उत्पादन गरेर सुरु भएको व्यवसाय पछिल्लो समय मौलिकता झल्काउन जुत्ता पारखीको लागि पहिलो रोजाइ बनेको छ ।

वत्सल सम्झिन्छन ‘दोचा सुरु गर्दा सय ओटा जुत्ता सोहि मेलामा सार्वजनिक गरेका थियौं, पहिलो हप्तामै झन्डै सबै बिक्री भएको थियो।’ 

अहिले डिकेशले कारखाना साथै ब्रान्डिङको काम हेर्छन् भने भने वत्सलले सेल्स हेर्छन्। तीन जनाबाट सुरु भएको डोचा ३० जनाको ठूलो परिवारमा परिणत भएको छ ।

उत्पादन गर्दै जादा नेपालकै उत्पादिन कच्चा पदार्थ मात्रै प्रयोग गर्ने भनेपनि सोल नपाएर विदेशी समाग्री पनि प्रयोग गर्नुपर्ने बाध्यता परेको वत्सलले बताए ।

सुरुमा सय ओटा जुत्ता उत्पादन गरेका दोचाले दोस्रो महिना झन्डै हजार जुक्ता बनाएर बेचेको थियो । सुरुवाती दिनहरुमा झन्डै एक बर्षसम्म वत्सलको घरमै स्टोर राखेका थिए भने आफै फोन उठाएर अडर आएको ठाँउमा पुर्याउने गर्थे ।

पछि लोकल प्रोडक्ट नेपालसँग आवद्ध भएपछि दोचालाई फैलाउन अझ सहज भएको उनी बताउछन । लेदरविङ्सको अफिसमा सानो स्पेस लिएर आफ्नो स्टोरलाई उनले अघि बढाएका थिए ।

पछि, अझ ठूलो स्केलमा काम गर्ने गरी गौरीघाटमा फ्याट्री स्थापना गरेका छन् । सानो स्केलबाट सुरु भएका दोचा अहिले हजारौं जुक्ता एकसाथ उत्पादन गर्दै आएको छ ।

नेपालमा डिजाइनर नभएर नेपाल बाहिरका डिजाइनरलाई हायर गरेर पार्टटाइम जागिर दिने गरेका छन । अहिले दोचा जुत्ता मात्रै नभइ झोला, माक्स, पर्सलगायतका समान पनि उत्पादन गर्दै आएको छ । अहिले दोचाको सोरुम झम्सिखेलमा राखेका छन् ।

आक्रामक बजार विस्तार गर्ने योजना

दोचाले माग धान्न सकिरहेको छैन । ‘अहिले हाम्रो समान देश बाहिर पनि गइरहेको छ भने काठमाडौं उपत्यकामा पनि पुर्याउन सकिरहेका छैनौं’ वत्सलले भने ।

सानो पूँजीबाट सुरु भएको दोचा अहिले मासिक लाखौं कारोबार गर्दै आएको छ । सबैभन्दा बढी अमेरिका, बेलायत, अस्ट्रेलियामा दोचा जुत्ता जाने गरेको छ ।

स्वदेशी जुत्ता उद्योगलाई प्रवर्द्धन गर्न विदेशी ब्रान्ड आयातमा कडाइ गर्दै सरकारले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने उनी बताउछन् ।

 

दोचाले अहिले जुत्ता सहित झाेला र माक्स र पर्स पनि उत्पादनमा हात हालेको छ । २७ सयसम्म दोचाका जुत्ता उपलब्ध छन् ।

वत्सल भन्छन ‘हाम्रो बजारलाई थप बढाउने र नयाँ नयाँ प्रोडक्ट सहित बजारमा आक्रामक रुपमा आउने हो ।’  त्यसैगरी, देशैभर शोरुम, देश बाहिर पनि आक्रामक रुपमा बजार विस्तार गर्ने टिमको रणनीति छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।