महेश बस्नेतले संसदमा अर्थमन्त्री जनार्दन शर्मालाई धनार्दन भन्दै व्यंग्य गरेपछि......

Aug 02, 2022 03:26 PM Merolagani

नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् ।

उनले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गरे । उनले अर्थमन्त्री शर्माप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाब गर्नेछन्, जनता विचलित देश बिरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ जस्ता कटाक्ष गरे ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।