सिद्धार्थ बैंकको नाफा ३ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 03, 2022 08:38 AM Merolagani

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.५१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।