अन्य सञ्चालन आम्दानी घटेपछि गुहेश्वरीको नाफा घट्यो

Aug 05, 2022 10:01 AM Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड (GMFIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले ९ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घटेपछि फाइनान्सको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३०.८५ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत र सञ्चालन मुनाफा ३७.८७ प्रतिशत घटेको छ। असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ९ करोड ६ लाख रुपैयाँ रहेको छ।

नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ६२ पैसा घटेर १० रुपैयाँ ३१ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १७.७३ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप ५.०८ प्रतिशत र कर्जा २३.३५ प्रतिशत बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।