गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.३५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १४.३५ प्रतिशत घटेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ६.२६ प्रतिशत बढेको छ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९७ पैसा घटेर २९ रुपैयाँ ४२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा रहेको छ।
४९ करोड ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ३१.४१ प्रतिशत, निक्षेप ३१.९३ प्रतिशत र कर्जा ३२.८८ प्रतिशत बढेको छ।
