लघुवित्त ऋणपत्रः लघुवित्तलाई स्रोत व्यवस्थापनमा राहत, संस्थागत निक्षेपकर्तालाई नयाँ लगानीको क्षेत्र

Aug 05, 2022 02:43 PM MeroLagani

तरलताको अभावका कारण स्रोत खुम्चेको बेला लघुवित्त वित्तीय संस्थालाई पुँजी कोष बराबरको ऋणपत्र निष्काशन गर्न दिने राष्ट्र बैंकको नीतिले राहत दिएको छ । अहिलेसम्म लघुवित्तहरुले आफ्नै स्वपुँजी, सदस्यहरुसँग उठाएको निक्षेप तथा बैंक तथा वित्तीय संंस्थाहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा एकमुष्ट लिएर स्रोत परिचालन गरिरहेका थिए ।

लघुवित्तको सबैभन्दा ठूलो स्रोतको रुपमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु भए पनि पछिल्लो समय तरलता अभावको बहाना बनाई तिनीहरुले पनि बेस रेटमा ४–५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिने गरेको लघुवित्तकर्मीहरुको गुनासो थियो । यता लघुवित्तले भने अधिकतम १५ प्रतिशतसम्म मात्रै कर्जामा व्याज लिन पाउँछ ।

चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सर्वसाधारण निक्षेपकर्तालाई दिएको भन्दा २ प्रतिशत कम व्याज दर दिनुपर्ने व्यवस्था गरेको छ । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तले निष्काशन गरेको ऋणपत्र यस्ता संस्थागत निक्षेपकर्ताको लागि आकर्षक लगानीको क्षेत्र हुनसक्ने बताए ।

लघुवित्त बैकर्स संघले माग गरे बमोजिम नै स्रोत जुटाउनको लागि राष्ट्र बैंकले स्रोत परिचालनको नयाँ बाटोको रुपमा ऋण पत्र निष्काशन गर्ने बाटो खोलिदिएको उनले तर्क गरे ।

सबै लघुवित्त कम्पनीहरुले ऋणपत्र निष्काशनको अभ्यास गरेमा लघुवित्तसँग करिब ५० अर्बको स्रोत थपिने उनको अनुमान छ । सम्पूर्ण लघुवित्तहरुले अहिले बैंक तथा वित्तीय संस्थाको करिब २ खर्ब रुपैयाँ ऋण परिचालन गरिरहेका छन् । कुल स्रोतमा ऋणपत्रबाट मात्रै झन्डै २५ प्रतिशत योगदान हुने देखिन्छ । यसले अहिलेको स्रोत अभावलाई भरथेग गर्ने अध्यक्ष शर्माको विश्लेषण छ ।

मौद्रिक नीतिबाटै लघुवित्त कम्पनीहरुलाई ऋण दिँदा वाणिज्य बैंकहरुले बेस रेटमा २ प्रतिशत मात्रै प्रिमियम थप्नुपर्ने व्यवस्था गरेको छ । अहिलेको अवस्थामा वाणिज्य बै‌ंकको औसत बेस रेट १० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंक रेटलाई ७ बाट ८.५ प्रतिशत पुर्याएको एवम् भदौ १ गतेबाट अनिवार्य नगद अनुपात (सीआरआर)लाई समेत ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको छ । १ प्रतिशत सीआरआर बढ्दा बैकिङ प्रणालीले झन्डै ५० अर्ब रकम निर्ब्याजी रुपमा राष्ट्र बैंकमा जम्मा गर्नुपर्छ । यसले बैंकहरुको सञ्चालन लागत बढ्न गई अन्ततोगत्वा बेस रेट नै बढ्न जाने हुन्छ । राष्ट्र बैंकले बेस रेटमा २ प्रतिशत मात्रै थप गरेर ऋण दिने भने पनि लघुवित्तले १३ प्रतिशतभन्दा कम दरमा ऋण पाउन सकिने अवस्था नभएको उनले बताए ।

पछिल्लो समय वाणिज्य बैंकहरुले नै १० देखि साढे १० प्रतिशतमा ऋणपत्र निष्काशन गरिरहेका छन् । लघुवित्तले केही बढी व्याज दिएर ऋणपत्र निष्काशन गर्नुपर्ने अवस्था रहेको छ । लघुवित्तले ११ प्रतिशतले ऋणपत्र निष्काशन गरे पनि ४ प्रतिशतको स्प्रेड बाँकी नै रहेको हुँदा बैंकहरुको ऋणभन्दा पनि सस्तो नै पर्न आउने अध्यक्ष शर्माले बताए ।

यता नेपाल लघुवित्त बैकर्स संघका पूर्व अध्यक्ष एवम् विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले भने लघुवित्तलाई ऋणपत्र निष्काशन गर्न दिने कार्य सकारात्मक भए पनि ऋणपत्र निष्काशन भने चुनौतीपूर्ण रहेको बताए ।

‘लघुवित्तको ऋणपत्र आउन सक्ने सम्भावना चाँहि देख्छु । यसको एउटा कडा शर्त के छ भने हरेक‍ वर्ष निश्चित रकम प्रोभिजनिङ गर्नु पर्छ । हरेक वर्ष खुद मुनाफाबाट वार्षिक रुपमा केही प्रतिशत छुट्याएर राख्नुपर्छ । जुन एकदमै च्यालेन्जिङ छ । ऋणपत्र निष्काशनले दीर्घकालमा संस्थालाई राम्रै गर्छ । सर्ट टर्ममा चाँहि प्रोफिटाबिलीटी कायम राख्न चुनौतीपूर्ण देख्छु ।’– उनले भने । उनले शुरुमा लघुवित्तहरुले फुल क्यापासिटीमा ऋणपत्र निष्काशन नगरीकन केही प्रतिशत भने पनि निष्काशन गर्ने अनुमान गरे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।