इन्भेष्टमेन्ट बैंकमा गाभिन लागेको मेगा बैंकले बढायो नाफा

Aug 06, 2022 08:23 AM Merolagani



मेगा बैंक (MEGA) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ। जुन २१.७८ प्रतिशतले धेरै हो।

बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ।

खुद ब्याज आम्दानी २ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन १२.१२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ७.५९ प्रतिशतले बढाएको छ।

हाल १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा प्रतिशेय नेटवर्थ १४२.५२ रुपैयाँ छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।