घटेको बजारमा २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Aug 08, 2022 03:21 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १०.२७ अंक बढेर २१२३.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.६७ अंक घटेर २१०६.१६ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम, अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ। यस दिन २१४ स्टकको ४४ हजार ५५३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको ६५ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको हो भने म्युचुअल फण्डको ०.२७ प्रतिशत बढेको हो। यता, अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।