बैंक अफ काठमाण्डूको "रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता" सार्वजनिक

Aug 08, 2022 04:43 PM Merolagani



बैंक अफ काठमाण्डू(BOKL)ले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहनेहरुकालागी विभिन्न आकर्षक सुबिधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय ब्यवस्थापनको सुबिधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरुको वित्तीय ब्यावस्थापन सहित ११.०३ प्रतिशतको ब्याज आम्दानीको सुनिश्चिताकोलागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको बताएकाे छ । यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

यस खातामा न्यूनतम् एक हजार रूपैयाँदेखि बचत गर्न सकिनुकासाथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५०० रूपैयाँको गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिनेछ । यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०%सम्म कर्जा पाउने व्यवस्था रहेको छ ।

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजनिक गरेको हो । खातावाहकहरुको वर्तमानको वित्तीय ब्यवस्थापन सहित आर्कषक ब्याजदरको ब्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुबिधा रहेको छ । न्यूनतम् कुल मौज्दात २ लाख रूपैयाँ भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ ।

साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूका १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरू रहेका छन् ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।