बीमा प्रतिको आकर्षण बढ्दै, स्वेच्छाले बीमा गर्नेहरुको संख्या उल्लेख्य

Aug 09, 2022 12:02 PM Merolagani



बीमा प्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले गरेको एक अध्ययनले जीवन बीमा प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको हो ।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ । पचास जना सहयोगी कर्मचारीहरुलाई सहभागी गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाइएको निष्कर्ष निकालेको हो ।

बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको छ । कभरेज बढे अनुसार दबाबमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको छ ।

सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नु भएको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको भने, ८ प्रतिशतले अभिकर्ताको दबाबमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका छन ।

बीमा कसरी गर्नु भएको भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर गरेको, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरि बुझाए पछि गरेको र ३ प्रतिशतले अरुले गरेको देखेर बीमा गरेको पाइएको छ । खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो भन्ने प्रश्नमा ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर गरेको, १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका छन ।

त्यसैगरी, बीमा गर्ने कम्पनीको बारेमा प्रश्नमा ७९ प्रतिशतले थाहा छ भने, २७ प्रतिशतले अलि अलि थाहा भएको र ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन । बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिव्याक, १२ प्रतिशतले आजीवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन ।

बीमा पोलिसी बिक्री पछि अभिकर्ता सम्पर्कमा रहे नरहेको बारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेला मात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी बिक्री पछि कुनै सम्पर्कमा नरहेको बताएका छन । त्यसैगरी, बीमा बिक्री पछि कम्पनीले आवश्यक सुचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एसएमएस र फोन आउने गरेको, २८ प्रतिशतले एसएमएस मात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएका छन ।

बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको सर्भेले देखाएको छ । सर्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनु पर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत (सवसिडी) दिनु पर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनु पर्ने जानकारी दिएका छन। समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा आवश्यकता भन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाको कारण केही विकृति आएको पाइन्छ । तर बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।

कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो । जीवन बीमा गरिसकेका ४९२ जना विमितसंग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागी थिए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।