सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

Sep 06, 2022 05:47 PM Merolagani



सेञ्चुरी कमर्सियल बैंक(CCBL)ले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा भदौ २१ गतेदेखि सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख श्री रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रूपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंककाे १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएमहरू रहेका छन् ।

 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।