बैंकहरुको ब्याजदर निर्धारणमा विवाद, पुरानै निक्षेप खोसिने भएपछि अधिकाँश बैंकले दोर्याएर प्रकाशित गरे ब्याजदर

Sep 21, 2022 08:02 AM Merolagani



बैंकहरुले ब्याजदर प्रकाशित गर्दा चलाखी गरेपछि अधिकाँश बैंकले एक साता नवित्दै दोर्याएर ब्याजदर प्रकाशित गरेका छन्। केहि बैंकले दशमलव पछिको अंकमा चलाखी गरेर ब्याजदर प्रकाशित गरेपछि अन्य बैंकले पनि पुनः दोर्याएर ब्याजदर प्रकाशित गरेका हुन्।

गत भदौ ३१ सबै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर प्रकाशित गरे तर केहि बैंकले चलाखी अपनाउदै दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरे जसअनुसार १२.१३३ प्रतिशत ब्याजदर कायम गरे। यसले गर्दा संस्थागत निक्षेपको ब्याजदर पनि थोरै बढ्यो।

ब्याजदर फरक परेपछि अन्य बैंकमा रहेको निक्षेप बाहिरिन थाल्यो। यसै कुरामा बैंकरहरुबीच विगत केहि दिनदेखि विवाद समेत चलिरहेको छ। सिइओहरुले दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्ने बैंकले ब्याजदर सच्याउनुपर्ने बताउदै आएका थिए। तर ब्याजदर नसच्चिएपछि अन्य बैंकहरुले पनि पुन: दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्न थालेका हुन्।

अफ्नो निक्षेप नै खाेसिन थालेपछि पुनः दाहोर्याएर ब्याजदर प्रकाशित गर्नुपरेको एक बैंकर बताउछन्। मुद्दती निक्षेपकर्ताले मुद्दती निक्षेप समेत नविकरण गर्न आनाकानी गर्न थालेपछि सबै बैंकले दोर्याएर ब्याजदर प्रकाशित गरेकाे उनको भनाइ छ।

बुधबार आधा दर्जन बढी बैंकले दोर्याएर ब्याजदर प्रकाशित गरेका छन्। बुधबार लक्ष्मी, प्रभु, सिभिल, मेगा, स्ट्यान्डर्ड चाटर्ड लगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। गत सोमबार र मंगलबार पनि केहि बैंकले दोर्याएर ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरिसकेका छन्। नयाँ ब्याजदर सम्बन्धी सूचनामा उनीहरूले पनि दशमलवपछि ३ अंक राखेर ब्याजदर सार्वजनिक गरेका छन्।

यसले पछिल्लो समय बैंकहरुले निक्षेप खोस्न अनेक चलाखी गर्न थालेका देखिन्छ। यसअघि पनि बैंकहरुले अन्य बैंकको निक्षप तान्न चलाखी गरेर नयाँ योजना सार्वजनिक गर्दै आएका थिए । बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न निक्षेप रकमको १० गुणासम्म हुने योजना ल्याएका थिए। त्यतिबेला पनि आफ्नो निक्षेप खोसिने डरले धेरै बैंकले सोहि खालका योजना सार्वजनिक गरेका थिए। अहिले बैंकहरुमा पुनः अस्वस्थ प्रतिशपर्धा हुन थालेको छ। 

अहिले बैंकहरुमा लगानीयोग्य रकमको अभाव कायमै छ। भदौदेखि मात्रै सामान्य रुपमा निक्षेप बढ्न थालेको छ। निक्षेप नबढ्दा बैंकहरुको कर्जा विस्तार पनि रोकिएको छ। भने केहि बैंकलाई तरलता व्यवस्थापनमा नै कठिन परेको छ। यसले गर्दा निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले अनेक चलाखी अपनाउन थालेका हुन्।

गत ६ महिनादेखि निक्षेपमा ब्याज नबढाउनेगरी भद्र सहमति गर्दै आएको बैंकर्स एशोशियसनले असोजदेखि भने स्वतन्त्र छोड्ने सहमति गरेको थियो। सो पश्चात सबै बैंक ब्याजदर बढाउनेतर्फ लागेका हुन्।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।