ब्रोकर लाइसेन्स लिन वाणिज्य बैंकका सहायक कम्पनीले धमाधम बढाउन थाले चुक्ता पूँजी, चार कम्पनीले अघि बढाए प्रकृया

Sep 25, 2022 11:50 AM Merolagani

वाणिज्य बैंकका सहायक कम्पनीले शेयर कारोबारको लागि ब्रोकर लाइसेन्स लिन धमाधम पूँजी बढाउन थालेका छन्। कम्पनीहरुले पूँजी बृद्धि गर्नको लागि साधारणसभा आह्वान गर्न थालेका हुन्।

आइतबार मात्रै ३ बैंकका सहायक कम्पनीले पूँजी बृद्धि गर्ने गरी विशेष साधारणसभा बोलाएका छन्। यस दिन कुमारी सेक्युरिटिज, मेगा स्टक मार्केट र एनआइसी एशिया सेक्युरिटिजले पूँजी बृद्धि गर्नको लागि विशेष साधारणसभा आह्वान गरेका छन्।

कुमारी सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने विशेष प्रस्ताव राखेर असोज २४ गते विशेष साधारणसभा बोलाएको छ। उसले जारी पूँजी भने ६० करोड रुपैयाँ पुर्याएको छ। यसअघि कम्पनीको चुक्ता पूँजी २ करोड र जारी पूँजी १० करोड रुपैयाँ रहेको थियो।

यस्तै एनआइसी एशिया सेक्युरिटिज र मेगा स्टक मार्केटले असोज २३ गते नै पूँजी बृद्धि गर्ने प्रस्ताव राखेर साधारणसभा बोलाएका छन्। यी दुई कम्पनीले भने साधारणसभा सम्बन्धि सूचनामा पूँजी कति पुर्याउने खुलाएका छैनन्।

यसअघि सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजले पनि चुक्ता पूँजी बढाउन साधारणसभा बोलाइसकेको छ। उसले पनि चुक्ता पूँजी २० करोड र जारी पूँजी ६० करोड रुपैयाँ पुर्याउने जनाएको छ। 

बोर्डले तीन तहको नयाँ स्टक ब्रोकरको लाइसेन्स दिने तयारी गरेको छ। जसको लागि बोर्डले ब्रोकर लाइसेन्स लिन इच्छुक कम्पनीसँग आवेदन समेत माग गरिसकेको छ। बोर्डले कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म न्यूनतम चुक्ता पुँजी तोकेको छ । यसमा योग्यता पुगेका सबै कम्पनीले ब्रोकर लाइसेन्सको लागि आवेदन गर्न पाउने व्यवस्था छ।

सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चुक्ता पूँजी चाहिने भएको छ भने मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैया र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ।

वाणिज्य बैंकका सहायक कम्पनी पनि २० करोड र ६० करोड रुपैयाँको पूँजी भएको ब्रोकर सुविधा दिन बढी केन्द्रित भएका छन्।  बैंकका सहायक कम्पनीले पनि सुरुमा २० करोड रुपैयाँ मात्रै चुक्ता पूँजी पुर्याउने गरी विनियमावली संशोधन गर्न थालेका छन्। 

यसअघि शेयर ब्रोकरको चुक्ता पूँजी न्युनतम २ करोड रुपैयाँ मात्रै तोकिएको थियो भने मार्जिन लेन्डिङको लागि ५ करोड पूँजी पुर्याउनुपर्ने व्यवस्था थियो। बैंकहरुले पनि यसअघि सोहि अनुसार कम पूँजी राखेर सहायक कम्पनी खोलेका थिए। तर धितोपत्र बोर्ड ब्रोकरको पूँजी बढाउने निर्णय गरेसँगै अहिले ती सहायक कम्पनीहरुले धमाधम पूँजी बढाउन थालेका हुन्।

स्टक ब्रोकरको काम गर्नको लागि अहिले एक दर्जन बढी बैंकले सहायक कम्पनी खोलिसकेका छन्। तर पछिल्लो समय धेरै बैंकहरु मर्जरमा गएका कारण ती बैंकका सहायक कम्पनीहरुलाई पनि मर्जरमा जानुपर्ने बाध्यता भएको छ।

यसबाहेक ग्लोबल, सानिमा, माछापुच्छ्रे, सिटिजन्स, प्रभु,  नबिल, सेञ्चुरी, सिभिल लगायतका बैंकले पनि शेयर ब्रोकरको काम गर्न सहायक कम्पनी खोलिसकेका थिए। उनीहरु पनि नयाँ व्यवस्था अनुसार पूँजी बढाउने तयारीमा छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।