स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Nov 15, 2022 10:49 AM Merolagani



कात्तिक २९ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावर (SIKLES) को पहिलो कारोबार भएको छ।

कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर कात्तिक २८ गते, सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। सो दिन सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता शेयर नप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सिक्लेस हाइड्रोपावरलाई न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधार यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन कम्पनीको एसआईकेएलईएस संकेतमा कारोबार भएको हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।