स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Nov 15, 2022 10:49 AM Merolagani



कात्तिक २९ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावर (SIKLES) को पहिलो कारोबार भएको छ।

कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर कात्तिक २८ गते, सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। सो दिन सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता शेयर नप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सिक्लेस हाइड्रोपावरलाई न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधार यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन कम्पनीको एसआईकेएलईएस संकेतमा कारोबार भएको हो।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।