आयात घट्दा विदेशी मुद्रा सञ्चिति लक्ष्य हासिल

Nov 18, 2022 11:52 AM MeroLagani

गत आवमा वैदेशिक मुद्रा सञ्चिति कायम गर्न नसकेको राष्ट्र बैंकले चालु आवको पहिलो महिनादेखि नै सो लक्ष्य कायमै राखेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने र ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंकले लिएको नीतिमध्ये मूल्य वृद्धिको लक्ष्य पुरा भएको छैन भने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भने पहिलो तीन महिनासम्म कायम राख्न सफल भएको छ । वास्तवमा एकदमै धेरै आयात हुने मोटरसाइकल, गाडी, मदिरा र मोबाइलको आयातमा प्रतिबन्धका कारण आयात १६ प्रतिशतले घट्दा मात्रै सो लक्ष्य हासिल हुन सम्भव भएको हो ।

चालु आवको पहिलो महिना साउनमा अघिल्लो महिनाको तुलनामा १२ करोडले घटेर ९ अर्ब ४२ करोड डलर पुगेको थियो भने भदौ महिनामा थप ७ करोडले घटेर ९ अर्ब ३५ करोड डलरमा सिमित भएको थियो तर असोज महिनामा भने १३ करोड डलरे बढेर ९ अर्ब ४८ करोड डलरमा सीमित भएको छ । यो सञ्चितिले ८.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रा सञ्चिति नसकेपनि असोज महिना नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्ने महिना हो । सो महिनामा नेपालीहरुले पर्याप्त मात्रामा विदेशबाट सामान ल्याउन नपाएपछि आयात ह्वात्तै घट्न गयो । आयात घटेर विदेशी मुद्रा बाहिर जानबाट रोकिंदा मात्रै पछिल्लो समय अर्थतन्त्त सुधारात्मक देखिएको हो ।

गत आर्थिक वर्ष अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चिति ह्वात्तै घटेर ९ अर्ब ५४ करोड डलरमा सिमित भएको छ । गत आवभरिमा विदेशी मुद्रा सञ्चिति १ अर्ब ८८ करोड डलरले घटेको थियो । गत वर्षभरिमा पहिलो चार महिना राष्ट्र बैंकले तोकेको ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गरेको भए पनि पाँचौ महिनादेखि भने विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने विन्दुमा पुगेको थियो ।

राष्ट्र बैंकले तोकेको विन्दु भन्दा पनि तल विदेशी मुद्रा सञ्चिति पुगेपछि भने राष्ट्र बैंकले आयात निरुत्साहनका विभिन्न उपकरणहरु प्रयोग गर्न थाले । विविध वस्तुहरुको आयातको लागि एलसी खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने देखि लिएर सरकारले मोबाइल, मोटरसाइकल, मदिरालगायतका वस्तु आयात नै बन्द गर्नुपर्यो ।

एकातिर सरकारले वस्तु आयातमा प्रतिबन्ध लगाउनु अर्कोतिर डलरको मूल्य विस्तारै बढ्दै जाने एकैपटक हुँदा यसले विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गरेको अर्थविद्हरु बताउँछन् । चालु आवको पहिलो तीन महिनाको तथ्यांक अनुसार देशको आयात व्यापार १६ प्रतिशतले घटेको छ । आयात व्यापार घटेकाले देशमा सञ्चित रहेको विदेशी मुद्राले अहिले ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त भएको हो । अहिलेको अवस्था भनेको अझ तीव्र गतिमा विदेशी मुद्रा सञ्चिति घट्नबाट रोकेको मात्रै रहेको एक अर्थविद्ले बताए ।

‘नेपालमा अझै पनि विदेशी लगानी धेरै भित्रिएको छैन । तथ्यांक नै हेर्दा पनि विदेशी मुदा साढे ९ अर्ब डलरकै वरिपरि बसिरहेको छ । दशैं तिहार र चुनावको समय हुनाले र अमेरिकी डलरका विनिमय दर पनि अत्यधिक रहेकाले देशमा रेमिट्यान्स पनि अलिक धेरै भित्रिएको छ । यसले मात्रै विदेशी मुद्रा सञ्चिति स्थिर राख्न सहयोग गरेको हो ।’–उनले भने ।

तीन महिनामा रेमिट्यान्स मात्रै २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ भने सबैभन्दा विदेशी मुद्रा बाहिरिने आयात व्यापार १६ प्रतिशतले घटेको छ । यसको सिधा असर देशको शोधनान्तर स्थितिमा देखिएको छ । धेरै रकम भित्रिने र थोरै रकम बाहिरिने गर्दा १४ महिनापछि पहिलोपटक नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो । असोज महिनासम्म देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा देखिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।