पछिल्लो मतपरिणाम अनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका लामिछाने दोस्रो स्थानमा उक्लेका हुन्। लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका छन्।
सात हजार मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।
रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।