कात्तिकमा कुन बैंकले कति बढाए व्यवसाय ?

Nov 22, 2022 04:54 PM Merolagani



कात्तिक महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन १६ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ।

कात्तिकमा बैंकहरुको निक्षेप संकलन केहि बढेको भए पनि कर्जा लगानी भने खासै बढ्न सकेन।

कात्तिकमा सानिका बैंककाे निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब ९० करोड रुपैयाँले बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले पनि ५ अर्ब ७६ करोड रुपैयाँले बढाएकाे छ ।

यता नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन ४ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।

यसैगरी कात्तिकमा नेपाल बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ। बैंकले कर्जा लगानी २ अर्ब ३१ कराेड रुपैयाँले बढेको छ भने एनएमबि बैंकले पनि २ अर्ब २८ करोड रुपैयाँले बढाएको छ।

यता सिद्धार्थ बैंकको भने कर्जा लगानी ३ अर्ब ४९ करोडले घटेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।