कात्तिकमा कुन बैंकले कति बढाए व्यवसाय ?

Nov 22, 2022 04:54 PM Merolagani



कात्तिक महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन १६ अर्ब रुपैयाँले बढाएका छन् भने कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ।

कात्तिकमा बैंकहरुको निक्षेप संकलन केहि बढेको भए पनि कर्जा लगानी भने खासै बढ्न सकेन।

कात्तिकमा सानिका बैंककाे निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब ९० करोड रुपैयाँले बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले पनि ५ अर्ब ७६ करोड रुपैयाँले बढाएकाे छ ।

यता नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन ४ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।

यसैगरी कात्तिकमा नेपाल बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ। बैंकले कर्जा लगानी २ अर्ब ३१ कराेड रुपैयाँले बढेको छ भने एनएमबि बैंकले पनि २ अर्ब २८ करोड रुपैयाँले बढाएको छ।

यता सिद्धार्थ बैंकको भने कर्जा लगानी ३ अर्ब ४९ करोडले घटेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।