पराजित भएपछि झाँक्रीले लेखिन्,"गुल्मीको समग्र विकाश र समृद्धिको यात्रामा सधै साथमा रहने छु "

Nov 23, 2022 01:18 PM Merolagani

गुल्मी २ मा नेकपा एमालेका गाेकर्ण विष्ट विजयी भएका छन् । विष्टकी निकटतम प्रतिस्पर्धी एकिकृत समाजवादीकी राम कुमारी झाँक्री २ हजार ३४ मतले विष्ट भन्दा पछि परिन् । गाेकर्ण २८ हजार ४७६ मतका साथ विजयी हुँदा झाँक्री २६ हजार ४४२ मतमा सिमति भइन् । पराजित भएपछि झाँक्रीले बुधबार सामाजिक संजालमार्फत गुल्मीको समग्र विकाश र समृद्धीको यात्रामा सधै साथमा रहने बताएकी छिन् ।

सामाजिक संजालमा झाँक्री लेख्छिन्," यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।

साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।"

comments powered by Disqus

अपर तामाकोशीको शेयर ‘कट अफ प्राइस’ नजिक

Jun 26, 2024 03:25 PM

अपर तामाकोशीको शेयर कट अफ प्राइस नजिक आउने सुरसार गरेको छ । निरन्तर रुपमा घटेर आज (बुधबार) तामाकोशीको शेयर १५५ रुपैयाँ किनबेच भएको छ । अपर तामाकोशीको लिलामीको कट अफ प्राइस एक सय ४७ रुपैयाँ आएको थियो ।