सुनचाँदीको मूल्य स्थिर

Nov 27, 2022 11:31 AM Merolagani



सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंसिर ११ गते, सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । साताको पहिलो दिन, चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम रहेको छ । तेजाबी सुन आइतबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार र शुक्रबार पनि सुन यहिँ भाउमा किनबेच भएको थियो ।

चाँदीको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । गत साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २९५ तोकिएको थियो ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।