घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Dec 26, 2022 10:37 AM Merolagani



घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने निर्णय गरेको छ।