गत साता साढे ५ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 08, 2023 06:16 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेको थियो। अघिल्लो साता २०२९.०३ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.६६ प्रतिशत अर्थात ११४.९० अंक बढेर २१४३.९३ विन्दुमा पुगेको हो।

साताका ५ कारोबार दिनमध्ये ४ दिने बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साता मंगलबार नेप्से सामान्य अंक घटेको थियो। सो बाहेक अरु सबै कारोबार दिनमा नेप्से बढेर बन्द भएको थियो।

गत साता नेप्सेले २०७० देखि २०९० को प्रतिरोधलाई तोडेर उकालो लागेको छ। अहिले नेप्से २१७० देखि २२०० को प्रतिरोध क्षेत्र नजिक रहेको छ। सो प्रतिरोध तोड्न असफल भइ नेप्से ओरालो लागेमा २०७० देखि २०९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। नेप्से २११५ विन्दुभन्दा तल ओर्लिएमा भने लगानीकर्ताले स्टप लस रणनीति अपनाउन सक्नेछन्।

खरिदकर्ता बलियो

साताको अन्तिम कारोबार दिन नेप्सेले लामो टुप्पी र पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले बजारमा सो दिन खरिदकर्ता र बिक्रीकर्ता बीच चर्को मोलमोलाई भएको संकेत गर्दछ। यद्यपि, कारोबारको अन्त्यमा भने खरिदकर्ताले नै जितेको छ।

साप्ताहिक रुपमा नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको छ। गत साता तीन कारोबार दिन दैनिक औषत भोल्यूमभन्दा कम भोल्यूमको कारोबार भएको थियो भने दुई कारोबार दिन औषतभन्दा बढी शेयर कारोबार भएको थियो।

सकारात्मक बजार

गत साता नेप्से सकारात्मक रहेको छ। प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा नेप्से सकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई बीचको दूरी पनि फराकिलो बन्दै गएको छ। त्यसैगरी, हिस्टोग्राम शून्य रेखाभन्दा माथि रहेको छ भने दिनदिनै बढ्दो क्रममा छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(माथि प्रस्तुत गरिएका तस्वीरहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।