रिडी पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

Jan 18, 2023 10:28 AM Merolagani



रिडी पावर कम्पनी लिमिटेड (RIDI) ले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।

कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।