अधिकाँश लगानीकर्ता वाणिज्य बैंककाे वित्तिय विवरणमा चासो दिन्छन् तर बैंककाे शेयर किन्दैनन्,किन ?

Jan 25, 2023 05:54 AM Merolagani

सुधा देवकोटा

वाणिज्य बैंकको वित्तीय विवरणमा अधिकाँश लगानीर्ताहरुको चासो दिने गरेका छन । तर, तिनै लगानीकर्ताले दोस्रो बजारमा शेयर कारोबार गर्दा बाणिज्य बैंकलाई राेज्ने गरेका छैनन् ।

भर्खरै बाणिज्य बैंकहरूकाे  दोस्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक भएकाे छ । शेयर बजारमा बैंकहरूका वित्तीय विश्लेषण यति व्यापक हुन्छ कि शेयर बजार चम्काउने भनेकै बाणिज्य बैंकहरू मात्र हुन जस्ताे लाग्छ । लगानीकर्ताहरुले वाणिज्य बैंकको वित्तीय विवरणलाई हरेक धारबाट विश्लेषण गर्ने गरेका हुन्छन् । उनीहरूले  विभिन्न समूह, फोरम र सामाजिक सञ्जालमा घनिभूत रुपमा छलफल पनि गर्ने गरेका छन् । वित्तीय विवरणका हरेक सूचकमा आधारित भएर बैंकको वित्तीय तथ्याङ्कसहित विगत, वर्तमान र भविष्यसँग जोडेर विश्लेषण गर्ने गरेको पाइन्छ । बैंकहरुको तुलनात्मक अध्ययनदेखि व्यवसाय विस्तार, नाफा नोक्सान र लगानीकर्ताले प्राप्त गर्न सक्ने सम्भावित लाभांशका विषयमा चर्चा हुने गरेको छ ।

वाणिज्य बैंकहरूका वित्तिय विवरणहरूमाथि व्यापक विश्लेषण हुँदै गर्दा यता बजारमा भने बाणिज्य बैंकका शेयर बढेकाे देखिंदैन । वित्तिय विवरणमा लगानीकर्ताले चासो जति धेरै हुन्छ दोस्रो बजारमा वाणिज्य बैकको शेयरमा लगानीकर्ताको आकर्षण नभएकाे प्रष्ट देखिन्छ । शेयर बजारमा आउने घटबढमा वाणिज्य बैंक भन्दा हाईड्रोपावर, विकास बैक र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा लगानीकर्ताकाे आकर्षण बढ्ने गरेको देखिन्छ जसले गर्दा पनि वाणिज्य बैंकको वित्तीय अवस्थाको तुलनामा दोस्रो बजारको मूल्य न्यायाेचित भएको लगानीकर्ताहरुको बुझाई छ

छिटो प्रतिफल प्राप्त गर्न खेाज्ने लगानीकर्ताको विषेशता नै हो । छिटो नाफा हुने कम्पनीको छनोट गर्दा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण कम हुने गरेको शेयर बजार विश्लेषक मुक्ति अर्यालले बताए । 

‘वाणिज्य बैंकहरुको शेयर पूँजी धेरै छ । छोटो अवधिमा वाणिज्य बैंकको शेयरबाट पूँजीगत लाभ लिन मुस्किल हुन्छ । त्यसैले गर्दा आधारभुत रुपमा बलियो भएतापनि वाणिज्य बैंक लगानीकर्ताको रोजाइमा नपरेर कमजाेर वित्तीय अवस्था रहेका हाईड्रोपावर कम्पनी, विकास बैंक र फाइनान्स कम्पनीहरु पर्ने गरेको छ’ –अर्यालले मेरो लगानीसँग भने । यद्यपि लगानीकर्ताले वित्तीय कम्पनीको प्रगति विवरणको चासाे राख्दा उनीहरूमा कम्पनीको विश्लेषण गर्ने क्षमता बढाउनमा सहयोग पुगेको छ ।

लगानीकर्ताले लगानी सम्बन्धि विभिन्न रणनीति अपनाएर लगानी गर्ने गरेका हुन्छन् । लामो, मध्यम र छोटो अवधि गरी लगानी रणनीतिलाइ वर्गिकरण गर्ने गरेको पाइन्छ । छोटो अवधिको लागि वाणिज्य बैंकहरु लगानीकर्ताको रोजाइमा नपरे पनि लामो अवधिको लागि भने पक्कै पर्ने गरेको लगानीकर्ताहरु बताउँछन् ।

दोस्रो बजारमा कम्पनीको गुडविलआम्दानी र शेयरको माग तथा आपूर्ति प्रमुख भुमिका खेल्ने लगानीकर्ता नयन बाँस्तोलाले बताए । लगानीकर्ताहरुले कम्पनीको आधारभुत रुपमा बलिया भन्दा पनि शेयरकाे मागलाई विश्लेषण गरेर दोस्रो बजारमा कारोबार हुने गरेका छन । वाणिज्य बैंकहरुका माग भन्दा आपूर्ति धेरै हुने भएको कारणले गर्दा छोटो अवधिको कारोबार गर्नको लागि वाणिज्य बैंक नपर्ने उनको भनाई छ ।

वाणिज्य बैंकहरुप्रति आम लगानीकर्ताको चासो हुँदाहुँदै पूँजीगत लाभका लागि थाेरै सप्लाई हुने कम्पनीमा लगानीकर्ताको आकषर्ण रहने गरेको बाँस्तोला बताउछन् । वाणिज्य बैंकहरुको पूँजी, गुडविल र आम्दानी तुलनात्मक रुपमा राम्रो छ । तर शेयरको माग भन्दा आपूर्ति धेरै हुने भएकाले लगानीकर्ताको रोजाइमा नपरेको उनको धारणा छ । लामो समयको योजना बनाएर आम्दानी र लाभाशंमा केन्द्रित भएर लगानी गर्ने लगानकिर्ताहरुको रोजाईमा भने बाणिज्य बैंक पर्ने गरेको बास्तोलाको दाबी छ ।

तल उल्लेखित तथ्याङ्कमा बैंक र हाईड्रोपावर कम्पनीको सूचक र कारोबार रकमलाई लिएका छौं । हामी गत पुस ३ देखि पुस २५ गतेसम्मको तथ्याङकलाई आधार मानेका छौं । यस अवधिमा नेप्से सूचक १८५५.०६ बाट बढेर २२११.७६ विन्दुमा पुगेको थियो ।

उक्त अवधिमा दोस्रो बजारका लगानीकर्ता बाणिज्य बैंकमा भन्दा पनि हाईड्रोपावर कम्पनीको शेयरमा आकर्षित भएको पाइन्छ । आधारभुत रुपमा बलिया मानिएका बैंकिङ समूहको सूचक १२६५.८० बाट बढेर १४१२.६७ विन्दुमा पुगेको थियो भने यस अवधि भित्रमा ७ अर्ब ६६ करोड रुपैया बराबरको मात्रै कारोबार भएको छ ।

सोही समयमा हाइड्रोपावर समूहको सूचक ३३.४८ प्रतिशले बढेर १९५० बाट बढेर २६०२.७८ विन्दुसम्म पुगेको छ । उक्त अवधिमा हाइड्रोपावर कम्पनीको शेयर १२ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यसरी हेर्दा दोसो बजारमा हाईड्रोपावर कम्पनीको शेयर नै लगानीकर्ताको रोजाईमा पर्ने गरेको प्रष्ट हुन्छ । यसैगरी विकास बैंक र फाइनान्सकाे पनि हाइड्राेकै जस्ताे अवस्था छ ।

हाईड्रोपावर, विकास बै‌ंक र फाइनान्स कम्पनीमा जस्ताे वाणिज्य बैंककाे शेयर मुल्यमा उतारचढाव हुँदैन । आधारभुत रुपमा कमजोर कम्पनीहरुको शेयर मूल्यमा हुने उतारचढावले बजारको सन्तुलन बिग्रन्छ । ठूलो पूँजीसहित आधारभुत रुपमा बलिया बाणिज्य बैंकले बजारलाई सन्तुलनमा राख्न भुमिका निर्वाह गरेको हुन्छ ।

त्यसैले नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका अन्य कम्पनीहरु भन्दा पनि बाणिज्य बैंकको त्रैमासिक वित्तीय विवरण सबै लगानीकर्ताको चासाेकाे विषय बन्ने गरेकाे  छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।