हकप्रद निष्काशन गर्न सिनर्जी पावरलाई आयोगको स्वीकृती

Jan 30, 2023 10:39 AM Merolagani



विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई माघ १२ गते स्वीकृती दिएको हो।

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिक सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।