‘बीमा अभिकर्ता आफ्नो स्वार्थ केन्द्रित भए’

Jan 30, 2023 03:47 PM Merolagani



बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिकामा माघ १५ गते आइतवार बीमा सम्बन्धी जानकारी मूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुठ्ठा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गरे ।

गाउँ पालिकाका पशु स्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँ पालिकाले कृषि बीमाशुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी गराए ।

यस्तै उनले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना वापत लिने गरेको रकम बढी भएको र बीमाशुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी गराए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शी रुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको बताए ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।