साढे ३ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कारोबार रकम पनि ३ अर्ब नाघ्यो

Feb 07, 2023 03:19 PM Merolagani



पछिल्लो समय सुस्त रहेको शेयर बजार, मंगलबार उच्च दरमा बढेको छ। यस दिन नेप्से परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन नेप्से परिसूचक ३.६५ प्रतिशत अर्थात ७६.६४ अंक बढेर २१७७.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको कारोबार भएको बजारमा यस दिन २६० स्टकको ५९ हजार ९२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको ९३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। यस दिन वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी, आदर्श लघुवित्त र रिडी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन ग्रीन भेन्चर्स, ङादी ग्रुप, किसान लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ८ स्टकको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।