सञ्चालन मुनाफा बढेपनि यस कारण घट्यो एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा

Feb 08, 2023 09:25 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.११ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन मुनाफा बढेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनबाट हुने नाफा ऋणात्मक भएका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.२७ प्रतिशत बढेको छ भने कुल खर्च ८.८१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालनबाट हुने मुनाफा ९.३६ प्रतिशत बढेको छ। यद्यपि, वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनका कारण हुने नाफा १ करोड ७४ लाख रुपैयाँ ऋणात्मक भएका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ९३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५२३.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी स्थिर रहेको छ भने रिटेन्ड अर्निङ्ग प्रतिशत घटेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।