इमर्जिङ्ग नेपालको सञ्चालन आम्दानी शतप्रतिशत बढ्यो, नाफा कति?

Feb 11, 2025 05:49 AM Merolagani



इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ लाख ८२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ३७.२५ प्रतिशत बढेर ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीके अन्य स्रोतबाट हुने आम्दानी ६०.३१ प्रतिशत घटेको छ भने कुल खर्च २८.६६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा बढेर ३ रुपैयाँ ३८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५५.०७ गुणा रहेको छ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।