हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा धनात्मक

Feb 10, 2025 08:53 AM Merolagani



हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँगै कम्पनीको नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशत बढेको छ भने खुद खर्च ७.९३ प्रतिशत घटेको छ।

नाफा धनात्मक भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।