हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा धनात्मक

Feb 10, 2025 08:53 AM Merolagani



हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँगै कम्पनीको नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४९ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६५.५४ प्रतिशत बढेको छ भने खुद खर्च ७.९३ प्रतिशत घटेको छ।

नाफा धनात्मक भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार २७१.२२ गुणा रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।