नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो, ईपीएस भने घट्यो

Feb 06, 2025 10:11 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८७.३१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत बढेको छ भने कुल खर्च ६.१४ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपयाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ।

६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २८ अर्ब ७० करोड ८० लाख रुपैयाँ सञ्चित छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।