नाफासँगै बढ्यो हाथवे इन्भेष्टमेन्टको प्रतिशेयर आम्दानी

Feb 12, 2026 10:31 AM Merolagani



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७४.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी ७६.१७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ११५.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा बढेर १ रुपैयाँ २३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२०.९० गुणा रहेको छ।

१ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ सञ्चित छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।