सिईडिबि होल्डिङ्गसको नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढ्यो

Feb 11, 2025 06:52 AM Merolagani



सिईडिबि होल्डिङ्गस लिमिटेड (CHDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९०.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी उल्लेख्य बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी २२४.३३ प्रतिशत बढेर २३ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३८.९१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ रुपैयाँ ७३ पैसा बढेर ४० रुपैयाँ ५१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.२१ गुणा रहेको छ।

१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६० करोड ४ लाख रुपैयाँ सञ्चित छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।