इम्पेरमेन्ट चार्ज बढ्दा निर्धन उत्थानको नाफामा दबाब

Feb 09, 2023 05:23 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज उच्च दरमा बढ्दा लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.०१ प्रतिशत घटेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ७१ लाख रुपैयाँबाट बढेर ४१ करोड १२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ६५.९१ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोेग्य मुनाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा रहेको छ।

२ अर्ब १९ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ६० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको सापटी तथा निक्षेप पछिल्लो ६ महिनामा ०.६९ प्रतिशत बढेको छ भने कर्जा ४.०७ प्रतिशत घटेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।