२ हजारभन्दा बढी शेयरमूल्य भएको नागरिक लगानी कोषको वित्तीय अवस्था कस्तो?

Feb 10, 2023 06:33 AM Merolagani



दोस्रो बजारमा २ हजारभन्दा बढी शेयरमूल्य भएको नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी उल्लेख्य बढेसँगै खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशत बढेको छ भने कुल खर्च ४.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ। ४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ सञ्चित छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।