२ हजारभन्दा बढी शेयरमूल्य भएको नागरिक लगानी कोषको वित्तीय अवस्था कस्तो?

Feb 10, 2023 06:33 AM Merolagani



दोस्रो बजारमा २ हजारभन्दा बढी शेयरमूल्य भएको नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी उल्लेख्य बढेसँगै खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशत बढेको छ भने कुल खर्च ४.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ। ४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ सञ्चित छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।