यस साता प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३८ रुपैयाँ बढेको छ। गत साता ४६६ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, यस साता ५०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सेलिङ्ग जोन नजिकै
इन्स्योरेन्सको शेयरमूल्य अहिले सेलिङ्ग जोन नजिकै रहेको छ। यस साता इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा ५२० रुपैयाँदेखि ५४० रुपैयाँका बीच प्रतिरोधको सामना गर्नेछ। यो सेलिङ्ग जोन हो। सो जोनमा प्रतिरोधको सामना गरेर ओरालो लागेमा इन्स्योरेन्सको शेयरमूल्यले ४३५ देखि ४५५ रुपैयाँको क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, इन्स्योरेन्सको शेयरमूल्यले अहिलेको प्रतिरोध तोडेमा ६०० देखि ६२५ का बीच प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता हाबी
साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले इन्स्योरेन्सको शेयरमा सो दिन खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।
बियरिश ट्रेण्ड
प्राविधिक विश्लेषणको उपकरण सुपर ट्रेण्ड अनुसार इन्स्योरेन्सको शेयरमूल्य अहिले बियरिश ट्रेण्डमा नै देखिन्छ।

कमजोर भोल्यूम
यस साता इन्स्योरेन्सको दैनिक औषतमा २७ हजार ४१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये एक दिन मात्र औषत भोल्यूमभन्दा बढीको शेयर कारोबार भएको छ भने बाँकी ४ कारोबार दिन औषतभन्दा कम कारोबार भएको छ।

बुलिश क्रशओभर
साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट कोटर माथि लागेसँगै बुलिश क्रशओभर बनाएको छ। यद्यपि यो क्रशओभर नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल बनेको छ। बुलिश क्रशओभरले इन्स्योरेन्सको शेयरमूल्य बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको हिस्टोग्राम शून्य रेखाभन्दा बढी माथि गएको छ।

बिक्रीचाप बढी
पछिल्लो समय इन्स्योरेन्सको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि तुलनामा ३.४८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९८ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ४८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरी १० करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा भने ०.२५ प्रतिशतले बढेर १७ करोड ४७ लाख रुपैयाँमा पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चुक्ता पूँजी ३ अर्ब १४ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा २० अर्ब ७६ करोड ५५ लाख रुपैयाँ र महावित्ती कोषमा १९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.२८ गुणा रहेको छ। इन्स्योरेन्सको बुकभ्यालु १०९ रुपैयाँ ३१ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु ४.६१ गुणा रहेको छ।
प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा इन्स्योरेन्सको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

आधारभूत अवस्था
हाल नेप्सेमा इन्स्योरेन्सको ३ करोड १४ लाख ९ हजार ६६० कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य ४७१ रुपैयाँ २६ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य ८०१ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४४१ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण १५ अर्ब ८३ करोड ४ लाख ६८ हजार ६४० रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ३८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ३८ ले सबैभन्दा बढी यस इन्स्योरेन्सको शेयर खरिद गरेको छ। ३८ ले यस साता १२ हजार १५६ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ४५ र २६ ले ८ हजार भन्दा बढी इन्स्योरेन्सको शेयर खरिद गरेको छ। इन्स्योरेन्सको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर भने ४९ नम्बर रहेको छ। सो ब्रोकरले यस साता २५ हजार १९६ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर कम हुँदै
फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले फियर जोनबाट विस्तारै न्यूट्रल जोनतर्फ बढीरहेको देखिन्छ। यसले लगानीकर्ताहरुमाझ इन्स्योरेन्सको शेयरमूल्य अझ घट्छ भन्ने डर कम भइरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएको चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)