प्रतिरोध परीक्षणमा अप्पर साङ्गे हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Dec 13, 2025 06:14 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक १.३० प्रतिशत घटेको छ। गत साता ३४०५.२७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४४.११ अंक घटेर ३३६१.१६ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो अप्पर साङ्गे हाइड्रोपावर लिमिटेड (USHL)।

यस साता सो कम्पनीको शेयरमूल्य १०८ रुपैयाँ बढेको छ। गत साता ७२२ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ८३० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षणमा

यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ८०० देखि ८३० सम्म रहेको छ। गत बुधबार कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्रलाई तोडेर उकालो लागेमा बिहीबार घटेर ८३० रुपैयाँमा झरेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ९०५ देखि ९३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा ७३० देखि ७६० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिमा कम्पनीको शेयरमूल्य घटेपनि अन्तिम समयमा खरिदकर्ताहरु बढ्न थालेको सकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा १० पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ८ वटा सिग्नल सफल भएका थिए भने २ सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य बढेसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ३४ हजार ५८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १० हजार ७८७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम २१५.७३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढ्दै

साताको अन्त्यतिर कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनबाट ओभरबट जोनतर्फ बढीरहेको छ। यसले कम्पनीको शेयरमा खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ लाख १६ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २४३.५२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७ लाख ११ हजार रुपैयाँ ऋणात्मकबाट ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ।

२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ रुपैयाँ १७ पैसा ऋणात्मकबाट १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९७.०१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ९ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको २२ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ८२ करोड ६० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ६९४ रुपैयाँ ३२ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ९०५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५८८ रुपैयाँ रहेको छ।

ब्रोकर ४१ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४१ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ४८ हजार १०० कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर ७१ ले साढे १४ हजारभन्दा बढी र ७४ ले कम्पनीको १२ हजार कित्ताभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४४ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २२ हजार २१० कित्ता शेयर बिक्री गरेको हो।

मूल्य बढ्ने अपेक्षा बढ्दै

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर न्यूट्रल जोनबाट ग्रीड जोनतर्फ बढीरहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)